काठमाण्डु – गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ ।
मन्त्रालयले मंगलबार राति सिन्धुलीमा गृहमन्त्रालयबाट लीला प्रसाद शर्मालाई पठाइएको छ । अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकमा पठाइएको छ । गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
प्युठानका प्रजिअ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुराम अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ मेघनाथ उपाध्यायलाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
यसैगरी ललितपुरमा पनि प्रमुख जिल्ला अधिकारी बन्न केहि सहसचिवहरुको दौडधूप चलिरहेको छ । ललितपुरमा गृह मन्त्रालयकै आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव गोगन बहादुर हमाल, गृहप्रवक्ता नारायणप्रसाद भट्टराई, तीर्थरनज भट्टराई लगायतका सहसचिवहरु दौडधूपमा छन् ।
प्रतिक्रिया