१४ जिल्लाका सीडीओ फेरिए (सूची)

१४ जिल्लाका सीडीओ फेरिए (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित २३ जना उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

गृह मन्त्रालयको बिहीबारको निर्णयअनुसार ११ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ), ६ जना सहसचिव, ४ जना सहायक प्रमुख जिल्ला अधिकारी र अध्यागमन अधिकृतको सरुवा तथा पदस्थापन गरिएको हो ।

सरुवा तथा पदस्थापनसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।

झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दाेलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।

गृहमा कार्यरत केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर विभिन्न जिल्लामा पठाइएको छ।