गृहमन्त्रालयद्धारा ३२ सीडिओको सरुवा ,काठमाडौंको जिम्मेवारी आचार्यलाई


काठमाडौं – सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार सीडीओहरूको सरुवा गरेको हो । मन्त्रालयले काठमांडौका सीडिओ केदारप्रसाद शर्माको लाई समेत सरुवा गरेको छ ।

उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ । हाल मोरङमा कार्यरत सीडीओ रामप्रसाद आचार्यलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।

सरुवा हुनेमा उपसचिव मुनका न्यौपाने ओखलढुंगा,लक्ष्मीप्रसाद बांस्कोटा दैलेख,मुकेश कुमार केसरी इप्रका सांखु,अनुज भण्डारी ताप्लेजुङ,नरबहादुर खड्का कपिलवस्तु,मोहन बहादुर जीसी गृहमन्त्रालय,वेधनीधी खनाल गृहमन्त्रालय, कृष्णबहादुर घिमिरे सुनसरी, बद्रीनाथ गैरे प्युठानको सिडीओमा सरुवा भएका छन् ।

त्यसैगरी जनकराज पन्त चितवन,लक्ष्मीदेवी हुमांगाई तेह्रथुम,चन्द्रबहादुर कार्की कालीकोट,युवराज कट्टेल प्रहरी किताबखाना,लक्ष्मणविक्रम थापा अध्यागमन,कृष्णबहादुर कटुवाला कारगार व्यवस्थापन विभागको निर्देशकमा र सिद्धराज जोशी सहायक जिल्ला प्रशासन अधिकारीका रुपमा मकवानपुरमा सरुवा भएका छन् ।

ललितपुरमा सिडीओ रहेका महादेव पन्त गृहमन्त्रालय,सहसचिव ईश्वरराज पौडेल अध्यागमन विभाग,दिपक काफ्ले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा,प्रेमराज जोशी ललितपुरको सिडीओमा,तारानाथ अधिकारी अध्यागमन कार्यालय र सहसचिव होमनाथ थपलियालाई प्रहरी किताबखानको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अर्जुन पोखरेललाई कपिलवस्तु,चक्रबहादुर बुढालाई पोखराको सिडीओमा,रमेश केसी मोरङ,आस्मान तामाङ मकवानपुर,कृष्णप्रसाद अधिकारी सिन्धुपाल्चोक र मदन भुजेल बांकेको सिडीओमा सरुवा भएका छन् ।

यस्तो छ सिडीओहरुको सरुवा (नामावलीसहित)

प्रतिक्रिया दिनुहोस
Advertisement