पत्रपत्रिका

१९ पहाडी जिल्लाको सिडिओमा सहसचिव, प्रहरी प्रमुखमा डिएसपी खटाउने

काठमाडौं – सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ। धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

Dish Home

ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमुख रहेका छन्। हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ। त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन्।

अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ। पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा खटाउन लागिएको हो। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top