सिमेन्ट उद्योगको मापदण्ड तय गरिने, समिति गठन


काठमाडौं– सिमेन्ट उद्योगको मापदण्ड तय गरिने भएको छ। मापदण्डका लागि उद्योग मन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ।
समिति गठन गरेको छ।

मन्त्रालयले सञ्चालनमा रहेका तथा नयाँ उद्योगबाट हुनसक्ने सम्भावित प्रदूषण न्यूनीकरण तथा रोकथाम गर्न अपनाउनुपर्ने उपाय र सोका लागि जडान गर्नुपर्ने यन्त्र उपकरणको अनुगमन संयन्त्र बनाएको हो।

समितिको सदस्यमा खानी तथा भूगर्भ विभागका उपसचिव, वातावरण विभागका उपसचिव, गुणस्तर तथा नापतौल विभागका उपसचिव, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि, नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधि र सदस्य सचिवमा प्रविधि तथा वातावरण शाखाका निर्देशक रहने व्यवस्था गरेको छ ।

उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले सिमेन्ट उद्योगको स्थापनाबाट जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई दृष्टिगत गरेर उक्त समिति गठन गरिएको जानकारी दिए। समितिले दुई महिनाभित्र सिमेन्ट उद्योग सम्बन्धी मापदण्ड तयार गरेर सोको प्रतिवेदन मन्त्रालयमा बुझाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement