वित्तीय प्रणालीबाट ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वित्तीय प्रणालीबाट ४५ अर्ब खिच्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ४५ अर्ब रुपैयाँ चिख्ने भएको छ ।

केन्द्रीय बैंकले ४२ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत सो रकम खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार बिहीबारसम्ममा वित्तीय प्रणालीमा करिब ७७ अर्बभन्दा बढी तरलता छ ।

अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि बैंकहरुले स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा निक्षेप राख्ने गरेका छन् ।

वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत केन्द्रीय बैंकले तरलता खिच्दै आएको हो ।