केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु


काठमाण्डु – आगामी मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ ।गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको छ ।

बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरू सहभागी रहेका छन् ।

सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement