मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी,अब महिलालाई सीईओ बनाइने


काठमाण्डु – सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् ।

एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहिवार एक ट्विटमा भनेका छन् कि ‘मैले टविटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन् ।’ उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् ।

उनले कसलाई टविटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छै्रनन । यद्धपी, टविटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन । सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो टविटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाईएको छ ।

गत डिसेम्बरमा उनले टविटरको सिइयो छाडने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement