सुरुङ्गा – झापाको अर्जुनधारामा बिहीबार दिउँसो १ जनाको माछा मार्ने क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाका अनुसार अर्जुनधारा नगरपालिका–११ स्थित कालीमन्दिर नजिकै हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४४ वर्षीय सागर भनिने डम्बर हँस्दाको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर हँस्दा ढलेसँगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमाटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया