क्रिकेट टिमको समर्थन र प्रोत्साहन गर्न ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

क्रिकेट टिमको समर्थन र प्रोत्साहन गर्न ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा


काठमाण्डु-सीजी फुड्स नेपाल लिमिटेडले क्रिकेटको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमबीच चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी, सीजी फुड्सका सीइयो प्रदीप पुडासैनी र क्यानका सचिव पारस खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

महिला अन्डर १९ क्रिकेट टिमलाई प्रायोजनवापत ३० लाख र अन्य क्रिकेट गतिविधि सञ्चालन गर्न ३० लाख रकम सहयोग गरिएको सीजीले जनाएको छ ।

यसअघि पनि वाइवाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहनस्वरुप विभिन्न पुरस्कारको घोषणा गरेको थियो ।

यसैबीच सीजी फुड्सले आईसीसी टी–२० विश्वकपमा सहभागी टिमको समर्थन तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’को अवधारणा कार्यान्वयनमा ल्याइएको हो ।
टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीसँग रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइवाइको यो प्याकेट विशेष रहने कम्पनीले जनाएको छ ।