सिजी इलेक्ट्रोनिक्सले एलजी टिभीको नेपालमा एसेम्बली प्लान्ट सुरु गर्‍यो


काठमाण्डु – सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) को निमन्त्रणामा एलजी ईलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक श्री सुन्घोचुनले नेपाल भ्रमणका साथसाथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाण्डुको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन् ।

उनको यस भ्रमणले एलजी ईलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको छ । नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्ड अनुसार कायम राख्नका लागि एलजी ईलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आईरहेको छ ।

आफ्नो भ्रमणबाट उत्साहित हुँदै श्री चुनले भने, “विश्वभर गुणस्तरीय उत्पादन र सेवाकालागि प्रसिद्ध एलजीकाउत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ ।
चौधरी ग्रुपसँगको हाम्रो विगत ३५ वर्ष (सन् १९८८) देखिकोसहकार्य र लामो अनुभवलेहामीलाई अझै आक्रमक रुपले सेवा विस्तार गर्न प्रोत्साहित गरेको छ ।

प्राकृतिक सौन्दर्यको धनी देश नेपालका घरपरिवारहरूका लागि एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको छ ।साथै, आगामी दिनमा नयाँ अवसरहरु श्रृजना गर्दै नेपाली ग्राहकवर्गका लागि अझ गुणस्तरिय तथा सर्वसुलभ उत्पादनहरू बजारमा उपलब्ध गराउने लक्ष्य पनि लिईएको छ ।”

निकट भविष्यमा, एलजीका होम एप्लाएन्स र ईन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने भएका छन् जसले नेपाली ग्राहकहरूका लागि कम लागतमा बढी उपयोगिताको प्रत्याभूति गराउनेछ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले श्री चुन र एलजी ईलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गरे ।

“नेपालमा एलजी जस्तो विश्वस्तरीय ब्रान्डसँग आवद्ध हुन पाउँदा हामी गौरवान्वित छौँ । एलजी ईलेक्ट्रोनिक्स इंक र चौधरी ग्रुपको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमाथपप्रत्यक्षविदेशीलगानीको आगमन गराउननिश्चित रूपमा मद्दत गर्नेछ ।

यस नयाँ आयामको फलस्वरुप नेपालमा रोजगारीका अवसरहरू श्रृजना हुने र नेपाली ग्राहकहरूले गुणस्तरीय सेवाको आनन्द लिँदै प्रिमियम घरेलु उपकरणहरू अझ सुपथ मुल्यमा खरिद गरी लाभान्वित हुने मौका पाउनेछन् ।”

श्री चुनले मिनभवन, काठमाडाँैमा रहेको एलजीशपको पनि भ्रमण गर्नुभयो र ग्राहकलाई राम्रो अनुभव र पहुँचप्रदानगर्न निकट भविष्यमा यस्ता शोरुमहरू नेपालभर विस्तार गर्ने सुनिश्चितता व्यक्त गरे । हालसम्म, नेपालमा एलजीका ८ वटा यस्ता शोरुमहरु छन् ।

श्री चुनले नेपालमा टिभी प्यानलनिर्माण इकाई स्थापनागर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सीजी ईन्डस्ट्रियल पार्कको भ्रमण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement