सुपथ मुल्यमै सिजीको आकर्षक डिसवासर


काठमाण्डु – चौधरी गु्रपले निकै सुपथ मुल्यमा डिसवासर बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरुलाई मध्यनजर गरि सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने डिसवासर ल्याएको सि जी ले जनाएको छ ।

१२ प्लेस सेटिङ र १५ प्लेस सेटिङ रहेको डिसवासर चलाउन पनि निकै सजिलो रहेको छ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरु सहित विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् ।

दुवै मोडलमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेकाले तपाईले आफ्नो आवश्यकता अनुसार भाँडाहरुलाई सफा गर्न सक्नुहुनेछ ।

स्टिम वासको सहायताले तपाईले कट–कटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरि हाईजिनिक राखि सफा नतिजा दिन्छ ।

त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ । यो विशेषताको कारण अब तपाईलाई धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

यसमा रहेको डिउल प्रो वासको मद्दतले तपाईको भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने तपाईले डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सक्नुहुनेछ ।

यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ । त्यस्तै जेट वास विशेषताभएकाले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्न सकिने सि.जीले जनाएको छ । डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement