काठमाण्डु – राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ । सडकमा सवारीसाधन हिलोमा डुुबाउँदै गुुडाउनुुपर्छ भने सडक पेटीमा यात्रुु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुुने आशा निराशामा परिणत भएको छ ।
राजधानीको व्यस्त सडकमध्येको उक्त सडक खण्ड कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डीमा परिणत भएको छ । बन्दाबन्दीको समयमा कालोपत्रे गरिए पनि वर्षासँगै सडक दयनीय अवस्थामा पुुगेको छ ।
लामो समयदेखि सडक मर्मत हुन नसक्दा हिउँदमा धूूलो र वर्षामा हिलोको समस्या भोग्दै आएका यात्रुु र स्थानीयवासीले धूूलो र हिलोबाट मुक्ति पाउने आशा गरेका थिए तर वर्षात्सँगै पुनः उही गति दोहोरिएपछि स्थानीय दुुःखी बनेका छन् ।
बौद्ध निवासी आङ्कामी शेर्पा वर्षौंदेखि बिग्रिएको सडक बन्ने आशा निराशामा परिणत भएको बताउनुहुन्छ । व्यवसायी छोटेलाल साहले माघ फागुनमा नै गरिएको कालोपत्रे एक वर्ष टिक्न नसक्दा यस वर्ष पनि विगतकै नियति भोग्नुपरेको गुनासो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी छन्, पानी परिरहेको बेला हिलो छ्यापिने तथा सम्भावित दुर्घटनाका कारण सडकमा मोटरसाइकल वा पैदल हिँड्न समेत समस्या छ ।’’
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले चाबहिल–बौद्ध–जोरपाटी सडक खण्डमा प्रारम्भिक कालोपत्रे (बीबीएम) मात्र सम्पन्न भएकाले विगत केही दिनदेखि निरन्तर वर्षाका कारण सडकको केही ठाउँमा खाल्डाखुल्डी परेको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले प्रारम्भिक कालोपत्रे सम्पन्न भएको छ, असोज महिनासम्म अन्तिम कालोपत्र (आसफाल्ट) सम्पन्न हुनेछ ।’’यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया