बृक्षारोपणका लागि ६० हजार सेना परिचालन गर्दै चीन


एजेन्सी – चीनले यो वर्ष कम्तिमा ८४ हजार वर्गकिमी क्षेत्रफलमा बृक्षारोपण गर्ने भएको छ । बृक्षारोपण अभियान सञ्चालनका लागि चीनले ६० हजार सेना परिचालन गर्ने भएको चाइना समाचारपत्र चाइना डेलीले उल्लेख गरेको छ ।

चीनले जंगल क्षेत्र गरिने बृक्षारोपणका लागि जनमुक्ति सेनाका साथसाथै सशस्त्र प्रहरीबाट पनि जनशक्ति झिकाउने जनाएको छ । यी जनशक्तिको ठूलो हिस्सालाई बेइजिङलाई घेरेर रहेको हेबेई प्रान्तमा परिचालित गरिनेछ ।

यो क्षेत्रमा रहेका उद्योगबाट उत्पन्न हुने धुँवाले राजधानी बेइजिङमा बाक्लो धुवाको पत्र बनाइरहेको छ । चीनले सन् २०२० सम्म देशको वन क्षेत्रलाई २१ प्रतिशतबाट २३ प्रतिशतमा विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement