चैतभित्रै शैक्षिक सत्र पूूरा हुने

चैतभित्रै शैक्षिक सत्र पूूरा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मङ्गलबार आयोजित भर्चुुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताउनुुभयो । उहाँले अहिलेको शैक्षिक सत्र चैत महिनामा पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी दिनुभयो । कक्षा कोठाको पठनपाठन अवरुद्ध भए पनि वैकल्पिक विधिलाई नै अबको मूलधारको शिक्षा मान्ने घोषणा सरकारले गरिसकेको छ ।

मन्त्री पोखरेलले पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ स्वीकृत गरिएको जानकारी दिनुभयो । सात महिनाको अवधिमा विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुनिश्चित गरी पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत गरिएको हो । स्वीकृत ढाँचा अब छिट्टै विद्यालय तथा शिक्षक समक्ष पु¥याइने जनाइएको छ । शैक्षिक सत्रको समय घटेको अवस्थामा छोटो समयमा कसरी विद्यार्थीको न्यूूनतम सिकाइ सुनिश्चित गर्ने भन्ने मुख्य उद्देश्यले नै पाठ्यवस्तु समायोजन ढाँचा तयार पारिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा बालबालिकाको सिकाइ निरन्तर जारी राख्ने र शैक्षिक सत्र क्षति हुन नदिने प्रतिबद्धता मन्त्री पोखरेलले जनाउनुभयो । वैकल्पिक विधिबाट गरिने पठनपाठन सङ्कटको बेलामा मूलधारको सिकाइ मानिएको मन्त्री पोखरेलले स्पष्ट गर्नुभयो ।

विद्यार्थीको कक्षा स्तरोन्नति गर्न लिखित, मौखिक, परियोजना कार्य लगायतबाट गर्न सकिने आधार तयार पारिएको छ । अब शिक्षकले समायोजित पाठ्यवस्तुको ढाँचाका आधारमा विद्यार्थीको पठनपाठन अगाडि बढाउने जानकारी दिइएको छ ।

विद्यार्थीको सिकाइ प्रभावकारी र उपलब्धिमूूलक बनाउन शिक्षक र अभिभावकको भूूमिका महत्त्वपूर्ण हुन्छ । विद्यार्थी कक्षा कोठामा आउन नसकेको अहिलेको अवस्थामा घरपरिवार र शिक्षकको सहयोग बिना विद्यार्थीको न्यूूनतम सिकाइ स्तर हासिल गर्न चुनौती हुने सम्बन्धित सरोकारवालाले बताउनुभएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।