एमाले नेता चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरण मुद्धामा सफाइ

एमाले नेता चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरण मुद्धामा सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आपराधिक र गुण्डागर्दी पृष्ठभूमिका एमाले नेता एवं चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ दम्पतीलाई सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा सर्वोच्च अदालतले सफाइ दिएको छ ।


न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले बिहीबार गुरुङ दम्पत्तिलाई सफाई दिएको हो । विशेष अदालतले १० माघ २०७४ मा गुरुङ दम्पतीलाई उक्त मुद्दामा सफाइ दिएको थियो ।

त्यसविरुद्ध सरकारले विशेषको फैसला बदरको माग लिएर ३० जेठ २०७५ मापुनरावलोकनका लागि सर्वोच्च गएको थियो ।

त्यसको ८ वर्षपछि सर्वोच्चले सरकार पक्षको पुनरावेदन निवेदन अस्वीकार गर्दै विशेषको फैसला सदर गरेको हो ।


गुरुङ दम्पतीले अवैध सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभागले ५ जेठ २०७० मा ७ करोड ८ लाख १७ हजार २ सय ६६ रुपैयाँ बिगो तथा कैद र जरिवानाको मागहित विशेषमा मुद्धा दायर गरेको थियो ।

गुरुङ गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र–२ बाट एमालेका तर्फबाट उम्मेदवार थिए ।