बढी भाडा दिन्न भन्दा बीच सडकमै चालकद्वारा महिला यात्रुमाथि निर्घात कुटपिट


कञ्चनपुर – धनगढीबाट सार्वजनिक सवारीसाधन चढेर कञ्चनपुर पुगेकी एक महिलामाथि सवारी चालकले निर्घात कुटपिट गरेका छन् । जिल्लाको महेन्द्रनगरमा से १ ज १०९४ नम्बरका चालक गोकुल बोहोराले सडकमै धनगढीकी लक्ष्मी धनाडीमाथि निर्मम कुटपिट गरेका हुन् ।

धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर ती महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीको भनाई छ । कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनले अन्य यात्रुबाट समेत बढी भाडा असुलेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement