काठमाडौं – शुक्रबार बिहान धनुषामा युवकलाई किचेर मार्ने टिपरका चालक पक्राउ परेका छन् । अवैध नदी उत्खननको विरोध गर्ने युवक दिलिपकुमार महतालाई धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर ‘हत्या’ गरिएको थियो ।
सोही घटनामा अनुसन्धानका लागि प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए ।




प्रतिक्रिया