फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी


काठमाण्डु- अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट जीवन चलाउनेविरुद्ध डिफ्युजन जारी गरिएको छ । ६० किलो सुन तस्करी प्रकरणको मुद्धामा फरार अभियुक्त चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको हो ।

चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग निकटका हुन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । ब्युरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए । त्यपछि उनी फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement