प्रेम चलाउनेका लागि न्याय माग्नेहरू पक्राउ


काठमाण्डु- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारे निर्णयविरुद्ध प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला अदालत, काठमाण्डुबाहिर चलाउनेको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो

। बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा प्रेम चलाउने पनि सहभागी थिए । ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाण्डुमा विचाराधीन छ । चलाउनेमाथि सांघातिक हमला गर्नेहरूलाई मन्त्रिपरिषदको बैठकले उन्मुक्ति दिने निर्णय गरेको भन्दै त्यसको बिरोधमा बृहत् नागरिक आन्दोलनले जिल्ला अदालत अगाडि प्रदशन गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement