च्याम्पियन्स लिगः रोमामाथि प्रभावशाली जितसँगै लिभरपुल फाइनल नजिक


काठमाडौँ- युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इङ्लिस क्लब लिभरपुलको सनसनीपूर्ण प्रदर्शन जारी छ । गएराति घरेलु मैदान एनफिल्डमा भएको सेमिफाइनलको पहिलो लेगको भिडन्तमा लिभरपुलले इटालियन क्लब एएस रोमालाई ५–२ ले हराउँदै फाइनल यात्रा करिब पक्का गरेको छ ।

लिभरपुलको फराकिलो जितमा केही दिनअघि मात्रै पीएफए प्लेयर अफ दि इयर भएका इजिप्टका मोहम्मद सलाहले २ र ब्राजिलिय स्ट्राइकर रोबर्टो फिरमिन्हिोले पनि २ गोल गरे ।लिभरपुललाई फाइनल नजिक पु¥याउने क्रममा सलाहले खेलको ३६ र ४५ औँ मिनेटमा गोल गरे । त्यसैगरी स्याडियो मानेले खेलको ५६ औँ मिनेटमा गोल थपे ।

अन्य दुई गोल फिरमिन्होले गरे । उनले खेलको ६२ र ६९ औँ मिनेटमा गोल गरेपछि लिभरपुलको फाइनल यात्रा लगभग तय भएको छ ।रोमाले अन्तिम समयमा खेलमा फर्कने प्रयास गर्यो तर सफल भएन । उसका लागि म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर एडिन जेकोले ८१ औँ मिनेटमा पहिलो गोल गरे ।

त्यसपछि पेरोट्टीले खेलको ८४ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिभरपुलको अग्रता ५–२ मा झारे । त्यसपछि दुवै टोली गोल गर्न असफल रहँदा घरमै लिभरपुलले बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा पुगेको रोमामाथि गतिलो जित दर्ता ग¥यो । अाजकाे अन्‍नपूर्ण पोस्ट् माखबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement