नेताले मुलुक र जनता हेर्छ, मूर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी

नेताले मुलुक र जनता हेर्छ, मूर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मूर्खहरूले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन् ।

सोमबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै उनले मूर्खहरूले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताए ।

मूर्खहरूको बाहुलीयता भएको ठाउँमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला–ठूला र करोडौं लगानी भएको योजनाहरू काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताए ।

उनले भने, ‘सरकारी पैसालाई आफ्नो पार्टी र भातृ संस्थाको लागि प्रयोग गर्‍यौं भने दुरुपयोग हुन्छ । एउटा नेताले मुलुक र जनता हेरेर काम गर्छ । मूर्खले आफ्नो भोटर हेरेर काम गर्छ र मूर्खहरूको बाहुलीयता भएको ठाउँमा मेरो भनाइको के अर्थ हुन्छ । रातो किताब आएपछि थाहा हुन्छ । ठूला–ठूला र करोडौं लगानी भएको योजनाहरू काटिएका छन् । कार्यकर्ता हेरेर बजेट राखिएको छ ।’

सदन बन्द गर्ने ठाँउ नभएको भन्दै नारा जुलुस गर्ने ठाउँ बाहिर भएको उनले बताए ।