कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न : बलात्कार भनेको के हो ? प्रेम के हो ?


काठमाण्डु – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा व्याख्या आवश्यक रहेको टिप्पणी गरेका छन् ।

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार आरोपमा दोषी ठहर भएपछि बहस चलिरहेको बेला नेता भण्डारीले बलात्कार र प्रेममा फरक छुट्टिनुपर्ने बताए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ । कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ/हुँदैन ? परिभाषाको आवश्यकता !’

कुनै प्रतिकार विना सन्दीपसँग घुमफिर गरेकी युवतीले बलात्कारको आरोप लगाएपछि बहस चलिरहेका बेला नेता भण्डारीले परिभाषाको आवश्यकता महसूस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement