बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरू समेटिएको छ : अध्यक्ष ढकाल

बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरू समेटिएको छ : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरू समेटिएको बताएका छन् ।

शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रूपमा दिएका सुझावहरू बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए ।

उनले भने, ‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ । यो बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरू खासगरी उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला उपप्रधानमन्त्रीलाई लिखित रूपमा सुझावहरू दिएका थियौं । त्यसमा भएको धेरैजसो सुझावहरू बजेटले समेटिएको छ । आउने दिनमा बजेटमा आएका कुराहरू कार्यान्वयन पनि हुँदै गयो भने निजी क्षेत्रले चाहेको र आमजनताले चाहेको कुराहरू पूरा हुन्छ होला ।’

पारदर्शी तरिकाले व्यापार अगाडि बढाउने हो भने मात्र निजी क्षेत्रको काम कारबाही सही तरिकाले अगाडि बढ्न सक्ने उनले बताए ।