भारतलाई झट्का : चन्द्रयान–२ सम्पर्क विहिन


एजेन्सी –भारतीय चन्द्रयान–२ सम्पर्क विहिन भएको छ । चन्द्रमाको सतहमा उत्रनु भन्दा पहिले नै चन्द्रयान–२ सम्पर्क विहिन भएको हो । 

भारतिय पत्रिका हिन्दुस्तान टाइम्सकाअनुसार भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान अन्र्तगतको विक्रम अन्तिम चरणमा आएर सम्र्पकविहिन भएको हो । 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष के सिवनले विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा रहेको भएपनि चन्द्र सतहबाट २.१ किलोमिटरको दूरीपछि सम्पर्क टुटेको बताए। 

सम्र्पक टुटेपछि इसरोको केन्द्रमा तनावको अवस्था सिर्जना भएको थियो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी वैज्ञानिकहरुलाई हौसला दिन इसरोका मुख्यालयमा पुगेका थिए । उनले चन्द्रयान–२ विक्रमको सम्पर्क विच्छेदबाट हतास र निरास नहुन वैज्ञानिकहरुलाई आग्रह गरेका छन्। 

भारतीय चन्द्रयान–२ विक्रम गत शनिबार चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । शनिबार बिहान १ बजेदेखी २ बजेको बीचमा चन्द्रमाको सतहमा पुग्नुपर्ने भएपनि बिचमै सम्र्पक टुटेपछि इसरोको मुख्यालयमा खैलाबैला भएको थियो । 

भारतिय प्रधानमन्त्री मोदीले जीवनमा उतार चढाव आउने भन्दै प्राप्त भएको उपलब्धी पनि सानो नभएको बताए । भारतले २००८ मा पठाएको चन्द्रयान १ ले चन्द्रमाको बाहिरी सतहमा पानी भए नभएको भन्नेबारे सूचना पृथ्वीमा पठाएको थियो। 

भारतीय प्रधानमन्त्री मोदीले पत्रकार सम्मेलनको आयोजना गर्दै यस मिसनमा आफूहरु अवश्य सफल हुने बताए । उनले हरेक असफलताले केही नयां कुरा सिकाउने दाबी गरे । 

उनले भने ‘हरेक मुस्किल, संघर्ष र कठिनाइ हामीलाई केही नयां सिकाएर जान्छ । नयां प्रविधि अपनाउन प्रेरित गर्दछ । यसैबाट हाम्रो अगाडिको सफलताको यात्रा तय हुन्छ । ’ 

उनले विज्ञानमा विफलता नहुने भन्दै केवल प्रयोग र प्रयास हुने उल्लेख गरे । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement