बालेनको कालो लुगा र कालो चश्माबारे एमालेले संसदमा उठायो प्रश्न !

बालेनको कालो लुगा र कालो चश्माबारे एमालेले संसदमा उठायो प्रश्न !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पोशाकलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद् चन्द्रेश्वर मण्डलले प्रधानमन्त्रीले संसद्मा राष्ट्रिय पोशाक प्रयोग नगरेको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्रीको पोशाकलाई व्यक्तिगत छनोटको विषय नभई संसद्को मर्यादासँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री शाह कालो पोशाक र कालो चस्मामा संसद्मा उपस्थित हुने गरेको उल्लेख गरे ।

‘प्रधानमन्त्री संसद्मा राष्ट्रिय पोशाकमा देखिनुभएको छैन । सधैं कालो पाइन्ट, कालो कोट, कालो ज्याकेट, कालो चस्मामा आउनुभएको छ,’ मण्डलले भने, ‘यसले संसद्को गरिमा घटाएको छ ।’

यसअघि पनि एमालेले प्रधानमन्त्रीकोृ पोशाकलाई लिएर प्रश्न उठाएको थियो ।