काठमाण्डु – नुवाकोटको बेत्रावतीमा बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ।
उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ छन् । बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा पुरिएकी उनलाई शनिबार प्रहरीले उद्धार गरेको हो।
भोटेकोशी बाढीपछि बेपत्ता उनको सशस्त्र प्रहरीले शुक्रबार जिवित उद्धार गरेको हो ।
उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
उद्धार गरिएकी वृद्वा अचेत रहेको र स्वास्थ्य परीक्षणपछि स्थिति भन्न सकिने थापाले बताए ।
नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो।




प्रतिक्रिया