बांकेमा चरेस पक्राउ गरेसंगै प्रहरी गाडीमा आगजनी


-उदय सिंह श्रेष्ठ

बॉके – बॉकेस्थित नरैनापुरमा नेपाल प्रहरी इन्सपेक्टरको कमाण्डमा रहेरो ब्युरो टोली चरेस पक्राउ गरी ल्याउने क्रममा स्थानीय र बोर्डर पारीको तस्करहरूले प्रहरीको गाडी तोडफोड गर्नुको साथै आगजनी गरेको प्रहरी जनाएको छ ।

प्रहरी निरिक्षकको ब्यूरो टोलीले सूचनाको आधारमा ५ किलो चरस पर्राउ गरेपछि बॉके स्थित नरैनापुरका स्थानिय र सोही क्रममा बोर्डर पारीबाट आएका भारतीयले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै आगजानी समेत गरेको प्रहरीको बताएको छ ।

बॉकेको नरैनापुर क्षेत्रलाई नियन्त्रण गर्न अहिले सशस्त्र प्रहरीसहितको ठुलो जत्था उक्त क्षेत्रमा परिचालन गरिएको छ । घटनाको यथार्थ विवरण आउन बॉकी रहनुको साथै मानवीय क्षति बारे जानकारी नआएको प्रहरीले बताएको छ ।

उक्त क्षेत्रबाट ठुलो मात्रामा विदेशी हरियो केराउ र कालो मरिच नेपालबाट भारततर्फ तस्करी हुने गरेको बताइएको छ । साथै उक्त क्षेत्र नेपाली मुद्राको कारोबार हुँदैन भने भारतीय मुद्राको मात्रै चलनचल्तीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement