बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर चार्ल्स शोभराज सर्वोच्च अदालत पुगे


काठमाण्डु – कुख्यात अपराधी चार्ल्स शोभराज सर्वोच्च अदालत पुगेका छन् । कुख्यात अन्तर्राष्ट्रिय अपराधी शोभराज बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च पुगेका हुन् ।

‘विकिनी किलर’का रूपमा परिचित शोभराज सन् २००३ देखि नेपालमा जेलजीवन बिताइरहेका छन् । उनको रिट न्यायाधीश मिरा खड्काको एकल इजलासमा पेसी रहेको छ ।

शोभराजले गत वर्ष १९ कात्तिकमा अधिवक्ता शकुन्तला थापामार्फत जेष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

दुई जना विदेशी पर्यटकको हत्या गरेका कारण शोभराजलाई प्रति हत्या बीस वर्षका दरले सजाय तोकिएको थियो । २०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार्ल्सलाई प्रहरीले पक्रेको हो ।

सर्वोच्चको जन्मकैद फैसला पछि आफूले सजाय भुक्तान गरी सकेको र एक वर्ष पहिला नै छुट्नु पर्ने जिकिर उनले काराकारका अधिकारीहरुसँगै गर्दै आएका थिए ।

‘द सर्पेन्ट किलर’को रुपमा कुख्यात शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको ०३२ मा भएको हत्या अभियोगमा नेपालमा पक्राउ परी कैद सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement