चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा श्रेष्ठ चयन


काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।

चेम्बरका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्को अध्यक्षमा चयन भएका हुन् ।

परिषद्ले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषद्मा महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरू छन् ।

परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यावसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पूर्व अध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशकदेखि सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement