संगीतकार चेतन सापकोटाले ल्याए ‘एक भई जुटौ नेपाली हो, (भिडियोसहित)


काठमाडौं – संगीतकार तथा गायक चेतन सापकोटाको प्रस्तुतीमा रहेको ‘एक भै जुटौ नेपाली हो ’ बोलको गीत सार्वजनिक भएको छ । जेनू बस्नेतको शब्द रचना रहेको गीतमा संगीतकार चेतन सपकोटाको संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको छ ।

गीतमा संगीत संयोजन भने दिनेश सुनामको रहेको छ । चितवनको पर्यटकिय स्थलहरु बीसहजारी ताल, उपरदागं गढ़ी, सानु गढ़ी पटियानी थारु बस्ती लगायत विभिन्न रमणिय स्थलमा छायांकन भएको उक्त म्युजिक भिडियोमा चितवनलाई बिकास निर्माण र समृद्धिको नमुना शहरको रुपमा देखाईएको छ ।

भरतपुर, पटिहानी र उपरदाङगढीमा छांयाकन गरिएको गीतमा भरतपुर महानगरपालिकाले गरेको बिभिन्न सामाजिक गतिबिधीलाई देखाईएको छ भने गीतको माध्यमबाट सबै नेपालीलाई एक भई बिकासको कार्यमा अगाडी बढ्न आग्रह गरिएको छ । टेकेन्द्र शाहको संपादन, बिशाल भट्टको छायांकन रहेको म्यूजिक भिडियोलाई स्वयं संगीतकार सापकोटाले निर्देशन गरेका छन् ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस
Advertisement