काठमाण्डु– ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको हो ।
सुझाव सङ्कलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो ।
सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।




प्रतिक्रिया