चीनद्वारा आठ अजार डिजिटल कार्यशाला निर्माण


शेन्याङ  – चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारकाखाना निर्माण गरेको छ ।

औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार  एक  खर्ब ६७ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको  एक अनुसन्धानको प्रतिवेदनले देखाएको छ ।

चीनको लियानिङ प्रान्तको राजधानी शेन्याङमा आयोजित सन् २०२३ को ग्लोबल इन्डस्ट्रियल इन्टरनेट कन्फरेन्समा चाइना एकेडेमी अफ इन्डस्ट्रियल इन्टरनेटले औद्योगिक इन्टरनेटको नवप्रवर्तन तथा विकाससम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हालसम्म देशभरका ३१ प्रान्तीयस्तरका क्षेत्रले औद्योगिक नेटवर्क विकास नीति तथा कार्ययोजना ल्याएका छन् । एकेडेमी प्रमुख लु चनकोङले फाइभ जी सामुदमयिक नेटवर्क तथ्याङ्क र मानव निर्मित बौद्धिकता जस्ता प्रमुख प्रविधिको अनुसन्धान र विकासका साथै औद्योगिकरणले गति लिइरहेको बताए।

यसैबीच औद्योगिक नेटवर्कको तथ्याङ्क सुरक्षा गर्नका लागि प्रणालीको लगातार सुधार गरिएको बताइएको छ । एक सयभन्दा बढी विश्वविद्यालय तथा क्याम्पसले औद्योगिक नेटवर्कको सान्दर्भिक मापदण्ड थपेका छन् । लुले सान्दर्भिक तालिम ब्याचको स्थापना गरिएको जानकारी दिए। -सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement