भारतका पूर्व वित्तमन्त्री पी.चिदंबरम पक्राउ, यस्तो छ उनिमाथीको आरोप 


नयां दिल्ली– भारतिय कांग्रेसका एक प्रभावशाली नेतालाई सिबीआईले गिरफ्तार गरेको छ । भारतका पूर्व वित्तमन्त्री रहेका पी.चिदंबरमलाई आईएनएक्स मीडिया एवंम् एयरसेल मैक्सिस प्रकरणमा संलग्न रहेको आरोपमा सीबीआईले गिरफ्तार गरेको हो । 

उनीमाथी चारभन्दा बढी कारोबारको सौदामा अवैध एफआईपीबी अनुमति दिनमा संदिग्ध भूमिका खेलेको आरोप छ । उनले कैंयो मोबाइल कम्पनीमार्फत करोडौ रुपैया घुस लिएको आरोपमा सीबीआईले गिरफ्तार गरेको हो । उनलाई भोली नै सीबीआई कोर्टमा पेश गर्ने कार्यक्रम रहेको छ । 

चिदंबरमले भने आफुलाई फसाउन खोजिएको आरोप लगाएका छन् । उनि गिरफ्तार हुनुअघि कांग्रेस मुख्यालयमा गएर पार्टीका नेताहरुसंग वैठक गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement