चिडियाखाना अनिश्चितकालका लागि बन्द, किन?

चिडियाखाना अनिश्चितकालका लागि बन्द, किन?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नआएसम्म चिडियाखाना सर्वसाधारणका लागि बन्द रहने जनाएको हो।

सूचनामा चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्ड फ्लू देखिएको उल्लेख गर्दै संक्रमणको जोखिम र जनस्वास्थ्यलाई ध्यानमा राखेर असार ५ गतेदेखि बन्द गरिएको स्पष्ट पारिएको छ।

कोषले कुन–कुन प्रजातिका जनावरमा संक्रमण देखिएको हो भन्ने विवरण भने सार्वजनिक गरेको छैन।