प्रधानसेनापति थापाद्वारा फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार मध्य पृतना हेडक्वार्टर मकवानपुर जिल्लाको ढुङ्गेगढी ईलाकामा भविश्यमा आईपर्ने आन्तरिक सुरक्षा चुनौतिहरुलाई दृष्टिगत गरि सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा प्रधानसेनापति थापाले अभ्यास ईलाकाको स्थलगत निरीक्षण गरी उक्त अभ्यासमा सहभागी भएका फौजहरुले गरेको प्रदर्शनहरुको अवलोकन गरेका थिए ।

सोही क्रममा प्रधानसेनापति थापाले सकलदर्जालाई सम्बोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका थिए । निरीक्षण भ्रमण पश्चात उनी शुक्रबार नै काठमाडौं फिर्ता भएका छन् । नेपाली सेनाले यस प्रकारका फिल्ड ट्रेनिङ्ग अभ्यासहरु नियमितरुपमा संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement