प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबिच भेटवार्ता भएको छ । नायरले भद्रकालीस्थित जंगी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

नायर असम राइफल्सका डायरेक्टर जनरलसमेत हुन् । भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement