प्रधानसेनापतिद्धारा सैनिक श्रीमती संघको नवनियुक्त अध्यक्ष शर्माको स्वागत


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले सैनिक श्रीमती संघको नवनियुक्त अध्यक्ष सुनिता शर्माको स्वागत गरेका छन् । उनले संघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नवनियुक्त अध्यक्ष शर्मालाई स्वागत गर्दै आगामी कार्यकालको शुभकामना दिए ।

साथै प्रधानसेनापति शर्माले निवर्तमान अध्यक्ष दिपा थापाको विदाई गरेका छन् । उक्त स्वागत तथा विदाई समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, उक्त संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement