काठमाण्डु- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औं बैठकले कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतिसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित थिए ।
स्वीकृत कार्यविधिले आयोगको कोष सञ्चालन तथा व्यवस्थापनलाई कानुनी र प्रशासनिक आधार प्रदान गर्नेछ ।




प्रतिक्रिया