बाल दिवसकै दिन कञ्चनपुरमा फेरी विद्यार्थीको विभत्स हत्या


पहिलाद राना , कंचनपुर – कञ्चनपुरमा बाल दिवसकै दिन एक बालक मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरमा विद्यार्थी नेता र सुरक्षाकर्मीको हत्या भएको घटना सेलाउन नपाउदै फेरी एक विद्यार्थीको हत्या भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्या भएको हो ।

 

 

 

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली मावि कक्षा ८ मा अध्ययनरत १३ बर्षिय बालक चन्द जयराती मृत अवस्थमा फेला परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले हल्दुखाल निवासी चन्द गाउंकै खोला किनारको झांडीमा मृत अवस्थामा फेला परेको बताए ।

 

 

 

 

उनका अनुसार तीन दिनदेखि विद्यालय गएका बालक हिजोमात्रै अचानक मृत अवस्थामा फेला परेका छन् । खेतमा घांस काट्न गएका महिलाले गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर परेका थिए । प्रहरीले गन्ध आएको क्षेत्रमा चेकचाँच गर्दा चन्दको शव कुहिएको अवस्थमा फेला परेको छ ।  

 

 

 

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्यालयका प्रधानाध्यापकसहित पांच जनालाई नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्नेमा आषिश अधिकारी, विशाल चन्द, रमेश खडका र प्रकास थापा रहेका छन् । घटनालाई लिएर आफन्त र स्थानीयले शव समेत परिक्षण गर्न दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement