चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो : भूलेर पनि नेपाल-भारत सीमामा नजानू

चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो : भूलेर पनि नेपाल-भारत सीमामा नजानू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु काठमाण्डुस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई नेपाल र भातको सीमा क्षेत्रमा नजान आग्रह गरेको छ।

दूतावासले भारत र पाकिस्तानबीच तनाव बढेकाले भूलवश पनि भारतीय सीमानाभित्र प्रवेश नगर्न भनेको छ।

दूतावासले नेपाल र भारतको बीचमा खुला सीमाना रहेको र केही ठाउँमा मात्र सीमानबारे सूचना रहेको उल्लेख गर्दै नेपाली र भारतीय नागरिक एक अर्को मुलुकमा खुला रुपमा हिँडडुल गर्न सक्ने अवस्था भए पनि चीन लगायतका तेस्रो देशका नागरिक भिसा बेगर यात्रा गर्न नसक्ने सूचित गरेको छ।

‘नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई हामी नेपाली गाइडहरुलाई आँखा चिम्लिएर विश्वास नगर्न, भूलवश पनि भारतीयी बोर्डरमा भिसा बेगर प्रवेश नगर्न र हचुवा ढंगले र व्यक्तिगत असावधानी नअपनाउन आग्रह गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ, ‘भूलवश पनि भारत प्रवेश गरे दुई देखी ८ वर्ष जेल सजाय र जरिवना हुनसक्छ। साथै त्यहाँ जमानत पाउन मुस्किल छ।’

नेपालबाट भारत जानैपर्ने भए पहिला नै भिसा प्राप्त गर्न पनि दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ।