सगरमाथा संवादमा चीनबाट पूर्वअर्थमन्त्री साओ च्ये सहभागी हुने

सगरमाथा संवादमा चीनबाट पूर्वअर्थमन्त्री साओ च्ये सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी) स्थायी समितिका उपाध्यक्ष तथा पूर्ववित्तमन्त्री साओ च्ये काठमाण्डुमा हुने सगरमाथा संवादमा सहभागी हुने भएका छन् ।

जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना हुने तेस्रो सगरमाथा संवादमा उनी सहभागी हुने निश्चित भएको हो ।

साओ चीनका प्रभावशाली राजनीतिज्ञमध्ये एक हुन् । उनी पूर्व प्रधानमन्त्री ली खछ्याङका नजिकका राजनीतिक सल्लाहकार समेत थिए । करीब ५ दशक लामो सार्वजनिक सेवा यात्रामा उनले राज्य परिषद्का महासचिव, कर प्रशासन विभागको निर्देशक र चीन सरकारको आर्थिक जनगणना सम्बन्धी उच्च समूहका उपनिर्देशकजस्ता जिम्मेवारी सम्हालेका छन् ।

सन् २०१६ नोभेम्बरदेखि २०१८ मार्चसम्म उनी चीनको अर्थमन्त्रीको भूमिकामा रहे । त्यसपछि सन् २०१८ देखि २०२३ सम्म उनले राज्य परिषद्को सचिवालयको प्रमुख तथा स्टेट काउन्सिलरको रूपमा काम गरे । यसअघि उनी राज्य परिषद्को उपमहासचिव तथा प्रधानमन्त्री कार्यालयका प्रमुख समेत थिए ।

उनको नेपाल आगमनबाट चीनले जलवायु परिवर्तन र दीगो विकासजस्ता विषयमा अन्तर्राष्ट्रिय सहभागितालाई प्राथमिकता दिएको रूपमा हेरिएको छ । सगरमाथा संवाद जलवायु संकट, हिमाली पारिस्थितिकी र विश्वव्यापी सहकार्यको विषयमा केन्द्रित बहुपक्षीय वार्ता हो, जसमा विभिन्न राष्ट्रका प्रतिनिधि, विज्ञ र अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागिता रहनेछ ।