चीनलाई दिइँदै आएको ऋण घटाउने विश्व बैंकको तयारी


वासिङ्टन – विश्व वैंकको चीनसँगको सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको र यस परिस्थितिमा आगामी पाँच बर्ष बहुपक्षीय उक्त संस्थाले दिने ऋणमा बिस्तारै कम गर्दै लगिने विश्व बैंकले जनाएको छ ।

‘चार दशकसम्मको उच्च आर्थिक वृद्धि दर र गरिबी निवारणपछि चीन विकासको नयाँ चरणमा प्रवेश गरिसकेको छ । यसले उच्च जीवनशैली र दीर्घकालीन विकासको बाटो अवलम्बन गर्दै विकासका नयाँ चुनौतिलाई सम्वोधनको प्रयास गरिरहेको छ ।’

सन् २०२० देखि सन् २०२५ को चीनका लागि नयाँ राष्ट्रिय साझेदारी ढाँचा (सीपीएफ) रिपोर्टमा उल्लेख छ ।

सीपीएफ रिपोर्ट अनुसार विश्व वैंकको चीनसँगको सहकार्य ‘मजबुत रहने’ तरपनि ऋणमा कमी आउने हुँदा ‘कार्यक्रममा व्यापक छनोट’ गरिनेछ ।

चीनले विश्वको सार्वजनिक सामानमा हुने योगदान र संस्थागत रिक्ततालाई केन्द्रमा राखेर यो निर्णय लिएको बैंकले बताएको छ ।

बैंकबाट पुनः निर्माण र विकासका लागि मध्यम–आय भएका विकासोन्मुख मुलुकलाई ऋण प्रदान गर्ने गर्छ । बैंकले हरेक बर्ष औसतमा चीनलाई उक्त शीर्षकमा एक अर्ब देखि डेढ अर्ब अमेरिकी डलर ऋण दिने गरेको थियो । यसलाई विस्तारै घटाइँदै लगिनेछ । तर चीनको अनुभवको आदानप्रदानलाई बढाउने अपेक्षा विश्व वैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement