स्वतन्त्रता पक्षधरले जितेपनि ताइवान हाम्रै हो : चीन


एजेन्सी – चीनले ताइवान आफ्नै देशको अंग भएको जनाएको छ । राष्ट्रपति साइ इङ–वेन पुनः निर्वाचित भएको र आफुले चीनको धम्की नमान्ने बताएपछि बेइजिङको तर्फबाट यस्तो भनाई आएको हो ।

प्रजातान्त्रिक टापुलाई एक देशभित्रको दुई व्यवस्था स्वीकार गर्नका लागि भएको चिनियाँ प्रयासले बर्चश्व पाएको चुनावी अभियानका बावजुद वेन विजयी भएकी हुन् ।

“ताइवानको आन्तरिक अवस्थामा जुन परिवर्तन भएपनि विश्वमा एकमात्र चीन रहेको छ र ताइवान चीनको हिस्सा भएको विषयमा परिवर्तन हुनेछैन,” चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

चीनले ताइवान आफ्नै क्षेत्र भएको बताएपनि ताइवानले आफु स्वतन्त्र मुलुक भएको र यसको औपचारिक नाम रिपब्लिक अफ चाइना भएको बताउँदै आएको छ ।

चीनको एक मुलुक दुई व्यवस्था मोडलको डटेर बिरोध गर्दै आएकी साइले अर्को ४ बर्से कार्यकालका लागि अभूतपूर्व विजय हासिल गरेकी छन् । उनको डेमोक्याटिक प्रोग्रेसिभ पार्टीले संसदमा समेत बहुमत प्राप्त गरेको छ ।

“ताइवानी जनताले पुनः एक पटक मतदान गरेर विश्वलाई प्रजातन्त्रको मूल्य देखिाइदिएका छन्,” साइले भनिन् । “प्रजातन्त्र र स्वतन्त्रता वास्तवमै ताइवानको सर्वाधिक मूल्यवान सम्पत्ति हुन् र यो ताइवान–अमेरिकाको दीर्घकालिन साझेदारीको आधार हो, ‘ताइवानका लागि अमेरिकी राजदूतसँगको छलफलका क्रममा उनले बताइन् ।

उनले प्रतिरक्षादेखि अर्थतन्त्रसम्मको विषयमा अमेरिकासँगको सहकार्यलाई गहन बनाउने समेत बताएकी छन् । उनले शनिबार चीनसँगको वार्ता पुनः थाल्नका लागि आग्रह गरेकी थिइन् । तर बेइजिङले ताइवान र उसको जनतालाई बुझोस् र चेतावनीको कुरा नगरोस् भनेर बताएकी छन् ।

यद्यपी एक चीन नीतिको सिद्धान्त र ताइवानको स्वतन्त्रताको बिरोधको अडानमा चीनले कुनै परिवर्तन नगर्ने चीनको विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement