चीनमा क्वारेन्टाइन भत्किँदा ४ जनाको मृत्यु, २९ जना वेपत्ता


एजेन्सी – चीनमा क्वारेन्टाइन भत्किँदा चार जनाको मृत्यु भएको छ ।

फुजियान प्रान्तको क्वान्झाउमा शनिबार कोरोनाको लक्षण देखिएका मानिसहरुलाई राख्न क्वारेन्टाइन गरिएको एक होटल भत्किँदा चार जनाको मृत्यु भएको हो ।

हाल २९ जना अझै वेपत्ता रहेका छन् भने उनीहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । आपतकालीन व्यवस्थापन मन्त्रालयकाअनुसार सुरुमा होटल भत्किँदा ७१ जना पुरिएका थिए । ३८ जनाको सकुशल उद्धार भएको छ ।

क्वान्झाउमा हालसम्म ४७ जना कोरोनाबाट संक्रमित भेटिएका छन् । फुजियान प्रान्तभर भने हालसम्म २९६ जना कोरोना संक्रमित भेटिएका छन् भने १० हजार ८१९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement