चीनले दियो अफगानिस्तानलाई कोरोना विरुद्धको खोप


एजेन्सी – चीनले दक्षिण एसियाको एक द्धन्द्धग्रस्त देश अफअगानिस्तनलाई कोरोना भाइरस विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा सो खोप हस्तान्तरण गरिएको हो ।

आइतबार आयोजना गरिएको सो समारोहमा अफगानिस्तानका स्वास्थ्यमन्त्री, त्यहाँका उच्च अधिकारीहरुका साथै अफगानिस्तानमा रहेका चिनियाँ नागरिक पनि उपस्थित रहेका थिए । अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ युले सो खोप अफगानिस्तानको सरकारका स्वास्थ्य मन्त्री र प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन् ।

त्यस समारोहमा अफगान राष्ट्रपति घानीले चीन सरकारले अफगानिस्तानका नागरिकलाई एक महत्वपूर्ण उपहार दिएको बताएका थिए । राष्ट्रपति घानीले अफगानिस्तानलाई यस्तो संकट परेका बेलामा गरेको सहयोग सधैँ सम्झनामा राखिराख्ने बताए ।

उनले विगतमा पनि समस्यामा परेका समयमा चीनले आफूहरुलाई धेरै सहयोग गर्दै आएको बताउँदै यसबाट अफगानिस्तान र चीनबीचमा राम्रो र सुमधुर सम्बन्ध रही आएको प्रमाणित हुने पनि बताए ।

त्यस समारोहमा चिनियाँ राजदूत युले आगामी दिनमा पनि चीनले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जानकारी दिए । सो समारोहमा चीनले अफगानिस्तानलाई कति मात्रामा खोप दिएको थियो भन्ने बारेमा भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement