थोरै बच्चा जन्मिनाले चिनियाँ अर्थव्यवस्थामा खतरा, अमेरिका भन्दा पछि पर्याे चीन


बेइजिङ– विगत ७० वर्षको अधिमा पहिलो पटक चीनमा जन्म दर कम भएको छ । एक सन्तानको विवादित नीतिलाई परिवर्तन गरे बावजुद जन्म दरमा सुधार आएको छैन ।

यसको सीधा असर चीनको अर्थव्यवस्थामा परेको आशंका व्यक्त गरिएको छ र आगामी समयमा चीनका सामु गंभीर स्थिति पैदा हुने आशंका पनि व्यक्त गरिएको छ ।

चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार २०१९ मा जन्म दर १०.४८ प्रति हजार रहेको थियो । यो १९४९पछिकै कम हो ।

२०१९ मा १ करोड ४६ लाख ५०हजार बच्चाको जन्म भएको छ । यो पहिलेको तुलनामा ५ लाख ८० हजार कम हो ।

विगतका कयौ वर्षहरुमा चीनको जन्म दरमा कमी आइरहेको छ । यसले विश्वकै दोस्रो ठूलो अर्थव्यवस्था भएको मुलुकका लागि चुनौती सिर्जना भएको छ ।

यद्यपि चीनको जन्म दरमा मात्रै नभएर मृत्यू दरमा पनि कमी आइरहेको छ । यसकारण आवादीमा लगातार वृद्धि भइरहेको छ , २०१९ मा चीनको जनसंख्या १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको छ ।

मृत्यू दर र जन्म दर दुवैमा आएको कमीले कामकाजी युवाको संख्यमा कमी आएकाले चीनको चिन्ता बढेर गएको छ । रिटायर हुदै गएका बुढा मानिसको जिम्मेवारी लिनुपर्ने भएकाले पनि चिनियाँ चिन्ता झनै बढ्दै गएको छ ।

अमेरिका भन्दा पनि पछाडि

चीनको जन्म दर अमेरिकाको भन्दा पनि कम रहेको छ । ताजा आंकडाका अनुसार अमेरिकामा २०१७मा प्रति एक हजारमा जन्म १२ थियो ।

बेलायत तथा वेल्समा २०१९ मा जन्म दर ११.६ थियो । जबकी स्कटल्यान्डमा यो ९ रह्यो । उत्तरी आयरल्यान्डमा २०१८ मा जन्म दर १२.१ थियो ।

यो मामिलामा चीनको स्थिति जापानको भन्दा राम्रो रहेको छ । किनकी जापानमा प्रति हजारमा जन्म दर ८ रहेको छ । विश्व बैंकका अनुसार २०१७ मा विश्वव्यापी जन्म दर १८.६५ रहेको थियो ।

चीनमा यस्तो अवस्था किन ?

१९७९ मा चीन सरकारले देशभरीमा एक सन्तानको नीति लागु गरेको थियो । यो नीतिको माध्यमबाट उ जनसंख्या वृद्धिमा नियन्त्रण गर्न चाहन्थ्यो । यो नीतिको उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको थिया । उल्लंघन गर्ने परिवारलाई जारिवाना लगाइन्थ्यो । उनीहरुको जागिर खोसिन्थ्यो र कयौ पटक गर्भपतन गर्नका लागि बाध्य पारिन्थ्यो ।

तर यो नीतिलाई लिंग असन्तुलनका लागि जिम्मेवार मानिएको थियो । २०१९को आंकडा अनुसार अभैmपनि चीनमा पुरुषको संख्या महिलाको तुलनामा लगभग ३ करोड बढी रहेको छ ।

२०१५ मा सरकारको एक बच्चाको नीति समाप्त भएपछि दम्पतिलाई दुई सन्तान जन्माउने अनुमती दिइएको छ । यो सुधारको लगत्तैको २ वर्षसम्म जन्म दरमा वृद्धि भयो । तर देशको घट्दो जन्म दरलाई सम्हाल्न मुश्किल भयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement