अमेरिका–चीन सम्बन्ध हालसम्मकै गम्भीर मोडमा – चिनियां विदेशमन्त्री वाङ


बेइजिङ– चिनियां विदेशमन्त्री वाङ यीले चीन अर्को अमेरिका बन्न नसक्ने बताएका छन् । चीन–अमेरिकाको एउटा फोरमलाई भिडियो सम्बोधन गर्दै विदेशमन्त्री यीले बिहीबार दुई देशले एक अर्कालाई रुपान्तरण गर्नेभन्दा पनि फरक–फरक प्रणाली र सभ्यताको सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राखे । उनले चीनको सफलतालाई पश्चिमलाई खतरा नभएको समेत स्पष्ट पारे ।

दुवै देशबीच व्यापार युद्ध जारी रहेका बेला चिनियां विदेशमन्त्रीको यस्तो धारणा आएको हो । चीन र अमेरिकाबीच सन् १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । उनले अमेरिका–चीन सम्बन्धमा हालसम्मकै गम्भीर संकट देखिएको बताएका छन् । विदेशमन्त्री यीले अमेरिकालाई चुनौती दिने र प्रतिस्थापन गर्ने सोच नवनाएको समेत स्पष्ट पारेका छन् ।

‘हामिले अमेरिकालाई प्रतिस्थापन गर्ने सोच कहिले बनाएका छैनौ, चीन अमेरिकासंगको सम्बन्धलाई स्थायित्व प्रदान गर्नका लागि आपसी समझदारी र ‘विन–विन’ सहकार्य गर्न सधैं तयार छ । ’ विदेशमन्त्री यीले भने ।

उनले चीनले चिनियां मोडेल निर्यात गर्न नचाहेको र गर्दैनौं र अरुलाई पनि चीनकै जस्तै मोडेल अपनाउन कसैलाई नभनेको स्पष्ट पारे । अमेरिका र चीनले सहकार्य र संवादमार्फत सम्बन्ध सुधार गर्नुपर्ने चिनियां विदेशमन्त्री यीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement