चीनले बृक्षारोपण गर्न ६० हजार सेना परिचालन गर्ने


चीन – चीनले प्रदूषणसँग लड्नको लागि ६० हजार सेना परिचालन गरेको छ । प्रदूषण घटाउनको लागि चीनले जंगल क्षेत्र फैलाउनेछ ।

बृक्षारोपण अभियानका लागि चीनले जनमुक्ति सेनाका साथसाथै सशस्त्र प्रहरीबाट पनि जनशक्ति झिकाउनेछ ।

यी जनशक्तिको ठूलो हिस्सालाई बेइजिङलाई घेरेर रहेको हेबेई प्रान्तमा परिचालित गरिनेछ । यो क्षेत्रमा रहेका उद्योगबाट उत्पन्न हुने धुँवाले राजधानी बेइजिङमा बाक्लो धुवाको पत्र बनाइरहेको छ ।

चीनले यो वर्षको अन्त्यसम्म कम्तिमा ८४ हजार वर्गकिमी क्षेत्रफलमा बृक्षारोपण गर्ने लक्ष लिएको छ । वृक्षारोपणको लागि सेना परिचालन यही लक्ष्य अन्तर्गत रहेको बुझिएको छ ।

चिनियाँ सरकारी समाचारपत्र चाइना डेलीका अनुसार चीनले सन् २०२० सम्म देशको वन क्षेत्रलाई २१ प्रतिशतबाट २३ प्रतिशतमा विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement