चिनमा कम्युनिष्ट शासनको ७०औं वर्ष : सीले गरे विश्वमै उदाहरणीय काम गर्नेलाई सम्मान


एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमै उदाहरणीय कार्य गर्ने ४२ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरेका छन् । चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो ।

मानार्थ उपाधि प्राप्त गर्ने ४२ जना मध्येमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत रहेका छन् । फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि ‘चीनका पुराना मित्र’ का रुपमा सम्मान गरिएको छ । सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रबद्र्धनमा उनले विशेष सहयोग गरेका थिए ।

त्यस्तै पुरस्कृत हुनेमा क्यानाडाकी इसाबेल क्रूक एक सय वर्ष नाघेकी मानवशास्त्री पनि रहेकी छिन् । चीनको चेङ्दुमा जन्मिएकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेहरुमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहेका छन् । उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement